माछापुच्छ्रे कप ९ ए साईड फुटबल प्रतियोगिता हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६
बिगतमा बिभिन्न स्तरीय फुटबल प्रतियोगिताहरु आयोजना गर्दै सिड्नीका युबाहरु बीच लोकप्रिय माछापुच्छ्रे फुटबल क्लबले यस बर्ष पनि ९ ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत बर्षहरु मा  एकदमै सफलताका साथ सम्पन्न भएको यस प्रतियोगितालाई निरन्तरता दिदै क्लबले यस बर्षको प्रतियोगिता आउँदो नोभेम्बर १६ र १७ का दिन भ्यालेन्टाइन पार्क ग्लेनउडमा आयोजना हुदैछ।
प्रतियोगिता सम्बन्धि जानकारी दिने उदेश्यले हालै आयोजित पत्रकार भेटघाटमा आयोजक माछापुच्छ्रे फुटबल क्लबको तर्फबाट प्रतियोगिता सम्बन्धि बिबिध जानकारीहरु दिइएको थियो । जस अनुसार यस पटक क्यानबेरा, मेलबर्न र ब्रिसबेनका समेत गरि जम्मा १६ टिमको सहभागिता रहनेछ। क्लबका तर्फबाट सचिव प्रविण जोशीले दिएको जानकारी अनुसार  प्रतियोगितालाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने र  हरेक समूहबाट दुई टिम क्वार्टर-फाइनलमा प्रवेश गर्ने छन् ।  प्रशिक्षक र ब्यवस्थापक सहित एक टिममा १७ जनासम्म खेलाडीहरूलाई सहभागिताको लागि अवसर दिइनेछ । प्रतियोगिताको विजयी टिमलाई नगद ३ हजार डलर र ट्रफी र मेडलहरू प्रदान गरिने छ भने क्रमश दोस्रो र तेस्रो टिमलाई नगद १ हजार र ५ सय डलर ट्रफी र मेडलहरू प्रदान गरिने छ । प्रतियोगितामा उत्कृठ खेलाडी, उत्कृष्ठ गोलकिपर , म्यान अफ द म्याच र उच्च गोलकर्ता खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
पत्रकार भेटघाट कै अबसर सहभागी टिमहरु लाई समूह विभाजनका लागि लक्की ड्र समेत गरिएको थियो । जस अनुसार समूह “ए” मा आयोजक माछापुच्छ्रे क्लब, गोर्खा एफसी, ड्रुक एफसी र फेवा फुटबल क्लब रहेका छन् भने समूह “बी” मा टीआरजी, क्यानेबरा एफसी, सगरमाथा एफसी, ग्रानभिल राइनोज रहेका छन् । यसै गरि समूह “सी” मा बेनी क्लब ,सिम्रिक क्लब, द ब्रिगेड क्लब र वेस्ट युनाइटेड तथा समूह डि””मा सेन्ट जोर्ज, यती एफसी, क्लब नेपाल र तामाङ रिक्रेयसनल क्लब रहेका जनाइएको छ।
पत्रकार सम्मेलनमा अष्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजु र प्रतियोगिताका प्रमुख प्रायोजक सफायर रियल स्टेटका तर्फट विश्वास भट्टराईले प्रतियोगिताको उदेश्य र सामाजिक सदभाबकाका लागि खेलको महत्व बारेमा बिचर व्यक्त गर्दै आउदो यस प्रतिगितालाई सफलताका साथ सम्पन्न गर्न सबैको सहयोग र सहभागिताको लागि अनुरोध गरेका थिए।