राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र पेश

अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूत महामहिम महेश राज दाहालले आज १३ नोभेम्बर २०१९ बुधबारका दिन अष्ट्रेलियाका लागि गभर्नर जनरल महामहिम डेभिड हुर्ले समक्ष राजधानी क्यानबेरा स्थित सरकारी भवनमा आयोजित एक बिशेष कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।
प्रमाणपत्र हस्तान्तरण समारोहमा राजदूत दाहालले राष्ट्रपति बिद्या भण्डारीबाट प्राप्त शुभकामा संदेश महामहिम हुर्ले समक्ष ब्यक्त गर्नु भयो । दुताबासले जनाए अनुसार ओहोदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम पश्चात आयोजित भेटघाटमा महामहिम डेभिड हुर्लेलाई महामहिम राजदुत दाहालले १९६० देखि नेपाल र अष्ट्रेलिया विचको द्दिपक्षीय पारस्परिक सम्बन्ध र आगामी २०२० मा ६० औं बर्षमा प्रवेश गरेको हाम्रो सम्बन्धका बारे जानकारी गराउनु भएको थियो । यसै गरि महामहिम दाहालले नेपाल अष्ट्रेलिया विचका व्यापार, पर्यटन यसै गरि कृषि र इनर्जी उत्पादनका क्षेत्रमा विस्तार गर्न सकिने लागानीका अबसरका बारेमा पनि आफ्नो धारणा राख्नु भएको थियो।

जनकपुरधाम- धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा गम्भीर घाइते भएका...

सिमकोट- दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको...

काठमाडौं- इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी...

काठमाडौं– सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही...

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्न सफलको...