पत्रकार खाशोज्जी हत्याकाण्डमा पाँच जनालाई मृत्युदण्ड सजाय

रियाद- साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खाशोज्जी हत्याकाण्डमा संलग्न रहेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सोमबार साउद अरबको सरकारी अभियोजक शलान अल शलानले दिएको जानकारी अनुसार घटनामा पाँचजनालाई मृत्युदण्डको सजाय दिइएको छ, जो हत्याकाण्डमा प्रत्यक्ष संलग्न छन् । साथै तीनजनालाई कूल मिलाएर २४ वर्षको जेल सजाय तोकिएको छ ।
उनका अनुसार यो घटनामा साउदी युवराज मोहम्मद बिन सलमानका सल्लाहकार सउद अल खतानीसँग पनि सोधपुछ गरिएको थियो । तर उनीमाथि कुनै आरोप लगाइएको छैन ।
पत्रकार खाशोज्जी अन्तिम पटक २ अक्टुबर २०१८ मा टर्कीको इस्तनबुलस्थित साउदी वाणिज्य दूतावासको बाहिर देखिएको थियो । साउदी दूतावासले नै पत्रकार खाशोज्जीको हत्या गरेको आरोप टर्कीले साउदीमाथि लगाएको थियो । उसको लाश अहिलेसम्म प्राप्त भएको छैन ।
टर्कीको आरोप थियो, साउदी राजपरिवारको आदेशमा नै खाशोज्जीको हत्या भएको हो । तर यो आरोपको साउदीले खण्डन गर्दै आएको थियो ।

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...