सन्दिपको कीर्तिमानी बलिङमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।
पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा पवेलियन फर्के। ओडीआईमा नेपालले अमेरिकालाई कम स्कोरमा रोक्दै विश्व कीर्तिमान समेत बनाएको छ। नेपालले पहिलो खेलमा पनि अमेरिकालाई ३५ रनमा हराएको थियो। जितसँगै घरेलु मैदानमा भएको ओमान सम्मिलित सिरिजमा नेपालले सुखद अन्त्य गरेको छ।
अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो ।
उक्त खेलमा नेपालका उत्कृष्ट बलर सन्दिप लामिछानेले ६ विकेट लिन सफल भएका थिए ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...