कोरोना भाइरसको नाम अब ‘कोभिड–१९’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६

काठमाडौं( विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले चीनमा डेढ महिनादेखि महामारीका रूपमा फैलिरहेको भाइरसको नामकरण गरेको छ। यसअघि अस्थायीरूपमा कोरोना भाइरस वा नोबेल कोरोना भाइरस निमोनिया नामले चिनिँदै आएकामा मंगलबार त्यसको नाम ‘कोभिड–१९’ नाम दिइएको हो ।

कोभिड–१९ ‘कोरोना भाइरस डिजिज २०१९’ को संक्षेपीकृत रूप हो, जहाँ ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज, ‘१९’ ले २०१९ बुझाउँछ ।
यसअघि चीनको हेल्थ कमिसनले ८ फेब्रुअरीमा कोरोना भाइरसलाई अस्थायीरूपमा ‘नोबेल कोरोना भाइरस निमोनिया ९एनसीपी०’ नाम दिएको थियो ।

कमिसनले स्थायी नामकरण नभएसम्मका लागि महामारी फैलाइरहेको कोरोना भाइरसलाई चीनका सरकारी विभाग तथा संगठनहरूमा एनसीपी नामले व्यवहार गरिने बताएको थियो ।

चीनमा महामारी फैलाइरहेको भाइरस कोरोनाकै एक प्रजाति भएको यसअघि नै पुष्टि भइसकेको थियो । कोरोनाका विभिन्न प्रजातिमध्ये मानिसमा संक्रमण गर्ने ६ प्रजाति यसअघि देखिएका थिए । कोभिड–१९ मानिसलाई असर पुर्याउने कोरोनाको सातौँ प्रजाति हो ।

कोभिड–१९ को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र ९४ संक्रमितको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । हालसम्म ४४ हजार २ सयमा संक्रमण पुष्टि भइसकेको छ ।

चीनको हेल्थ कमिसनका अनुसार मंगलबार १ हजार ६ सय ३८ जना नयाँ संक्रमित फेलापरेका छन् । सोमबारको तुलनामा मंगलबार कम संक्रमित देखिनुले संक्रमण घट्ने संकेत देखिएको छ ।

हालसम्म चीनबाहेक विश्वका २८ देशमा संक्रमित फेला परेका छन् भने फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ ।

यसैबीच, सरकारले रुघाखोकी र ज्वारोले एकैपटक धेरै मानिस बिरामी पर्न थालेपछि वागमती जनस्वास्थ्य प्रयोगशालाको एउटा टोली सिन्धुपाल्चोक जिल्लाको प्रभावित गाउँमा पुगेको छ।

जुगल गाउँपालिकाको गुम्बा वस्तीमा रुघाखोकी र ज्वरोका कारण मानिस धमाधम बिरामी पर्न थालेकाले ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा उक्त टोली सिन्धुपाल्चोक गएको सिन्धुपाल्चोक स्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापापाईंले जानकारी दिनुभयो।