भारतमा मञ्चन भए ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘महाभोज’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६

काठमाडौं–भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल-२०२० मा दुई नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘कुमारी एण्ड द बिस्ट’मञ्चन भएको छ ।

‘कुमारी एण्ड द बिस्ट’काठमाडौंको  सुशीला  आर्टस  एकेडेमीले मञ्चन गरेको हो भने ‘महाभोज’ नाटकलाई काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको हो । नयाँ  दिल्लीस्थित नेशनलस्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटानाटकहरु प्रदर्शन भएका थिए ।

‘कुमारी एण्ड द दबिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटकजीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । ‘कुमारी एण्ड द दबिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारितरहेको छ । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखनतथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् ।उक्त नाटकमा अभिनय गर्नका लागि सुशीलाआर्ट्स एकेडेमीका कलाकारहरु दिल्ली तथा सिलोङ पुगेका थिए ।

‘महाभोजनाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।