फ्रान्सबाट आएकी नेपाली युवतीमा देखियो कोरोना पोजेटिभ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६

काठमाडौँ- फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ ।

चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिनु भएको हो ।

फ्रान्सबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिनु भएको हो ।

‘बिरामी महिला हुनुहुन्छ। अहिले उहाँको परिचय यति मात्र दिउँ, मन्त्री ढकाल भन्नु हुन्छ -‘ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ ।’

उनको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिनु भयो ।

उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिनु भयो ।

संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि मन्त्रीले बताउनु भयो ।

युवतीसँगै विमानमा को(को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिनु भयो ।