अन्तर्राष्ट्रिय उडान अप्रिल ३० सम्म प्रतिबन्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं- अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध अप्रिल ३० सम्मका लागि थप गरिएको छ ।

सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस् भनी अप्रिल १५ सम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबारको बैठकले अप्रिल ३० सम्म नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आन्तरिक उडानको विषयमा भने निर्णय भइसकेको छैन ।

विदेशी एयरलाइन्सलाई यात्रु बोकेर नेपाल प्रवेशका लागि रोक लगाइएको भए पनि नेपालमा रहेको विदेशी नागरिक लिनका लागि खाली विमान भने लकडाउनका अवधीमा समेत आएका छन् ।

ती विमानहरु नेपालमा रहेका विदेशी नागरिकलाई लिएर फर्केका थिए । यस अवधिमा नेपाल एयरलायन्सको कार्गाे उडान भइरहेको छ ।

नेपालले चीनबाट मेडिकल सामााग्री पनि नेपाल एयरलाइन्सबाट ल्याएको थियो ।