आज तीस जना नयाँ सङ्क्रमितः सङ्क्रमित पुगे ४८७

काठमाडौं -कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् ।
यसैगरी नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन् । नयाँ आज भेटिएका सङ्क्रमितसँगै अहिलेसम्म सङ्क्रमित ४८७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...