वाह भिएफएम !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ १२, २०७७
सिड्नी, अष्ट्रेलिया | भिएफएम अर्थात भिजन फर मोटिभेशन, आफु अष्ट्रेलिया आउँदा पाएका दुख र अन्यौलता अरुले नपाउन भनि बिधार्थीहरु बिच कै सहकार्यले जन्मेको संस्था । हिजोका दिनमा बिधार्थीहरु लाई आवश्यक पर्ने काम खोज्नका लागि रेजुमे लेख्ने वा इन्टरभ्यु फेस गर्ने देखि आरएसए, कफी ट्रेनिंग, समुन्द्री सुरक्षा सम्बन्धि तालिम लगाएत कार्यमा सक्रिय भिएफएमको अहिलेको कोभोड-१९ को अन्यौलता संगै आफ्नो भूमिका बदलिएको छ । कोरना भाइरसको अष्ट्रेलियामा पनि सक्रमण बढे संगै भिएफएम जिरो ग्राउण्डमा पुगेर दिन रात समस्यामा परेका बिधार्थीहरु लाई रहात बाँड्न सक्रिय छ र यो सक्रियतामा आज सम्म कुनै दिन पनि कमि आएको छैन।
समाज सेवा गर्न वा परोपकारी काम गर्न ठुलो संस्था हुनु जरुरि छैन, तडक भाडक सहित ठुलो जत्था पनि हुन् जरुरि छैन, न त मिटिंगका मिटिंग अनि अनेकन औपचारिकता नै जरुरि छ ।  बस मनको अन्तरकुनाबाट ‘मैले नगरे कस्ले गर्ने, यस्तो बेला नगरे कहिले गर्ने’ भन्ने कुराले घचघचाउने बित्तिकै सहृदयी मनहरु आफै जोडिन्छन्।  हो ठिक त्यस्तै भयो अत्याबश्यक समस्या संग जुधेका आफ्ना सहपाठी केहि बिधार्थीहरु लाई आफु-आफु मिलेर सहयोग गर्न सुरु गरेको रहात वितरण अभियानमा भिएफएमलाई रहातका लागि दाताहरु स्वतस्फुर्त आए ।  तब त कोहि समस्यामा परेको छुस्स जानकारी आउने बित्तिकै  भिएफएमका स्वयंसेवक पुगी हाल्छन, अनि यिनै  स्वयंसेवकहरु लाई साथ सहयोग र आत्मबल दिदै तन, मन र धनले सहयोग गर्न सधै देखिने एउटा अनुहार हुन् महेश प्रसाई उर्फ म्याक्स बाबु । पेशाले ब्यापारी महेशको यति बेला कमै आफ्नो ब्यबसायमा भेटिन्छन् रहातक सामग्रीहरु जुटाउदै भिन्न भिन्न दिसामा  स्वयंसेवकहरु लाई पठाउनु उनको केहि हप्ता देखिको दिनचार्य बनेको छ।
Meal4Mates अर्थात ‘साथीको लागि खाना’ भन्ने स्लोगन सहित शुरु भएको राहत वितरण गत हप्ता सम्म आइपुग्दा  १२०० भन्दा धेरै बिधार्थीले राहत प्राप्त गरि सकेका छन् । अष्ट्रेलियन सरकारले निर्धारण गरेको नियम भित्र रहेर गत हप्ता एक पटकमा १० जनाको समुहमा गरिएको राहत बितरण कार्यक्रमको प्रत्यक्षदर्शी बन्न र  भिएफएमका स्वयंसेवकलाई प्रोत्साहन गर्न अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम महेश राज दाहाल क्यानबेराबाट सिड्नीको रक्डेल आइपुगे । बिधार्थीहरु को यो उत्साह, यो परोपकारी भावना र समस्यामा परेका आफ्ना साथिहरु लाई पुराएको सहयोगको राजदुत दाहालले मुक्त्त कण्ठले प्रसंसा गरे। न्युसाउथवेल्सका लागि महाबाणिज्यदुत दिपक खडका त आफु भिएफएमको निकै ठुलो फ्यान रहेको बताए । हुन पनि सानो र बिधार्थीहरु कै संस्थाबाट यो उचाईको परोपकारी भावना र सहयोग साच्चै नै जति प्रसंशा गरे पनि कमै हुन्छ ।  जुन कुरा त्यहाँ उपस्थित अन्य धेरै समुदायका अग्रजहरु को मुखबाट सुन्न पाईन्थ्यो। सबैले भन्दै थिए – वाह भीएफएम !
भीएफएमका अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष सुमन ओली, कार्यकारी अधिकृत युवराज रिजाल, कोषाध्यक्ष रोशन खड्का लगाएतका पदाधिकारीहरु सहभागी उक्त कार्यक्रममा पदाधिकारीहरुले संस्थाले गरेका अहिले सम्मका राहत वितरणका बिबरण, खर्च र आम्दानीका श्रोतहरुको बारेमा बताएका थिए । सहयोग लिन चाहनेहरु ले भीएफएमको फेसबुक पेज  https://www.facebook.com/vfm.inc/ मा गएर फर्म भरेर सहयोग लिन सकिने र कहिँ कतै कसैलाई सहयोग चाहिएमा आफुहरु संग सम्पर्क गराइदिन पनि उपस्थित समुदायका अग्रजहरु लाइ उनीहरुले अनुरोध गरे । भीएफएमका संस्थापक महेश प्रसाईका अनुसार अहिलेसम्म भीएफएमले ७० हजार डलर बराबरको राहत वितरण गरि सकेको छ । राहत प्याकेजमा पाँच केजी चामल, दाल, चना, अण्डा, आलु र सिंगो लोकल कुखुरा उपलब्ध गराइएको छ । यसलाई राहत नै भन्नु भन्दा पनि एकजना साथीले अर्को साथीसँग खाना सेयर गरेको भनेर बुझ्दा यो झन् आत्मियता हुने पनि प्रसाईले बताए । संस्थाले नगद कारोबार गरेको छैन, सहयोग दिन चाहनेहरु लाई खाध्य सामाग्रीहरु उपलब्ध गराउन अनुरोध गरिएकोले यो अभियान निक्कै पारदर्शी रहेको पनि उक्त अबसरमा जानकारी दिइयो ।  संस्थाको  Meal4Mates अभियानका बारेमा जानकारी गराए संगै धेरै मनकारीहरु ले स्वत स्फुर्त सहयोग गरेको र यसरि सहयोग गर्नेमा नेपाली मूल सहित अन्य बंगाली भारतीय र पाकस्तनी संस्था र ब्यापारिक समुदाय रहेकोमा उक्त अबसरमा सबैलाई धन्यबाद व्यक्त गरिएको थियो।
(फोटो: भिएफएम फेसबुक पेज )