नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुग्याे

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं– नेपालमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

आज सुर्खेतमा १२ जना, गुल्मीमा २ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जना हुन् ।

उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेको बताइएको छ ।

त्यस्तै गुल्मीमा थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमित हुनेमा एक जनप्रतिनिधि र अर्का भारतबाट आएर धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन् ।

सिराहाको विवरण आउन बाकीँ छ ।

कोरोना संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।