अर्थमन्त्रीद्वारा १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत,गत वर्षभन्दा ५८ अर्ब कम

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६, २०७७

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट संसदमा पस्तुत गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले आज आगामी वर्षका लागि उक्त बजेटको घोषणा गरेका हुन् ।

यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो। यो वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।

यस बर्षको बजेटको आकार घटेर आएको हो ।

यो आर्थिक बर्षमा सरकारले ५८ अर्ब रुपैयाँ बजेट घटाएको छ ।

खतिवडाका अनुसार योमध्ये ९ खर्ब ४८ अर्ब पुँजीगत खर्चका लागि हो भने ३ खर्ब ५२ अर्ब चालु खर्चका लागि हो ।

सरकारले वित्त व्यवस्थापनका लागि १ खर्ब ७२ अर्ब छुट्याएको छ।

राजश्वबाट ८ खर्ब ८९ अर्ब र ५९ अर्ब आम्दानी हुने, अनुदान र विदेशी ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट जुटाउने सरकारको योजना छ ।

बजेटले स्वास्थ्य सेवा तथा पूर्वाधारका लागि विशेष कार्यक्रम तथा योजना ल्याएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका सरकारले यसअघि नै ल्याएको राहत कार्यक्रमलाई बजेटबाटै निरन्तरता दिने घोषणा गरेको छ ।

कोरोना कारण उत्पन्न आर्थिक तथा समिजक प्रभावलाई न्यूनीकरणका गर्नका लागि सरकारले राहत कार्यक्रम पनि ल्याएको छ।