कोरोना संक्रमणको पछिल्लो अपडेट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ २१, २०७७

काठमाडौं-  विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या बुधवार बिहानसम्मा ६३ लाख ७२ हजार ४ सय ४७ पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ३१ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख २३ हजार १ सय ८६, बेलायतमा २ लाख ७९ हजार ३ सय ९२, स्पेनमा २ लाख ३९ हजार ९ सय ३२ तथा इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोन ासंक्रमणकै कारण विश्वभर ३ लाख ७९ हजार ७ सय ९ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ ।

त्यहाँ १ लाख ६ हजार १ सय ८० जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३९ हजार ४ सय ५२, इटालीमा ३३ हजार ५ सय ३०, ब्राजिलमा ३१ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर २७ लाख २५ हजार ५ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा ४लाख ६३ हजार ८ सय ६८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ८६ हजार ६ सय २, जर्मनीमा १ लाख ६६ हजार ६ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् ।

विश्वभर २ सय १३ देश वा क्षेत्र र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा संक्रमण देखिइसकेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ ।

बुधबार बिहानसम्म नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

त्यसमध्ये २ सय ६६ हजार संक्रमणमुक्त भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ

एजेन्सीको सहयोगमा