गण्डकीमा ११ थपिँदा नेपालमा संक्रमितको संख्या १०७३९

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार ११, २०७७

पोखरा– बिहिबार बिहान नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।

म्याग्दीका ६ जना, स्याङजाका १, बाग्लुङका २ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नवलपरासी पूर्वका दुवैजनालाई आइसोलेसनमा राखिएको र अन्य जिल्लाका व्यक्तिलाई सम्बन्धित जिल्लाका आइसोसलनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ भने नेपालमा संक्रमितको कूल संख्या १० हजार ७ सय ३९ पुगेको छ ।