पोखरामा एक संक्रमितको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार ११, २०७७

पोखरा– कोरोना भाइरस (कोभिड– १९)  को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषको कोभिड-१९ को कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा अर्जुन आचर्यका अनुसार बुधबार राति ११ : ३५ मा उनको मृत्यु भएको हो ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो ।

उनी यहि ८ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।