कोरोना अपडेट : ९७ लाख ६४ हजार संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, असार १३, २०७७

जेनेभा– विश्वभर कोरोनाबाट संक्रमितको संख्या ९७ लाख ६४ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या ९७ लाख ६४ हजार ९ सय ९७ पुगेको हो ।

मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ८ सय ७ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ लाख ६२ हजार ४ सय ७२ संक्रमित भएका छन् भने १ लाख २४ हजार ९ सय ७८ को मृत्यु भएको छ ।

यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १२ लाख ७४ हजार ५ सय ८४ संक्रमित र ५५ हजार ९ सय ५७ को मृत्यु भएको छ ।

यस्तै, रुसमा ६ लाख १९ हजार ९ सय ३६ संक्रमित र ८ हजार ७ सय ७० को मृत्यु भएको छ भने भारतमा ४ लाख ९० हजार ४ सय १ संक्रमित र १५ हजार ३ सय १ को मृत्यु भएको छ ।

बेलायतमा ३ लाख १० हजार ८ सय ३६ संक्रमित र ४३ हजार ४ सय ८ जनाको मृत्यु भएको छ ।

विश्वभर ४९ हजार १७ हजार ३ सय २८ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ।