कोरोना अपडेट : संक्रमित एक करोड पुगे, पाँच लाखको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार १४, २०७७

जेनेभा – विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ ।​

वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो ।

त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ ।

अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन् ।

कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ ।

ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् ।

रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ ।

रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।

भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् ।

त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ ।