विश्वमा संक्रमितको संख्या एक करोठ दुई लाख

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १५, २०७७

जेनेभा–विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी भएकोृ छ ।

वर्ल्डोमिटरले जनाए अनुसार सोमबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख लाख ३८ हजार २ सय ३२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

कोरोनाका कारण हालसम्म ५ लाख ४ हजार ७८ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसो त ५५ लाख ५० जना जना संक्रमणबाट मुक्त समेत भैसकेका छन् ।

अमेरिकामा संक्रमतिको संख्या २६ लाख ३७ हजारभन्दा बढी पुगेको छ भने ज्यान गुमाउनेको संख्या एक लाख २८ हजार भन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजारभन्दा बढी मानिसहरु संक्रमति भएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।