कोरोना अपडेट : मृतकको संख्या ५ लाख बढी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार १६, २०७७

जेनेभा– कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ८ हजार पुगेको छ ।

वर्ल्डोमीटरले जनाए अनुसार मंगलबार बिहानसम्ममा ५ लाख ८ हजार ७८ जनाको निधन भएको छ ।

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या भने १ करोड ४ लाख बढी पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ ।

दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।