विश्वमा संक्रमितको संख्या एक करोड ५ लाख

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १७, २०७७

 

जेनेभा– कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५ लाख नाघेको छ ।

वर्ल्डोमीटरलले जनाए अनुसार बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ८३ हजार ८७८ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार ८६१ पुगेको छ ।