हवाइमार्गबाट नेपाल आउने क्रम जारी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार १८, २०७७

काठमाडौँ –  विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो ।

त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

नेपालबाट ४० जना विदेश गएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।

लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ ।