बाह्रबिसेमा भीषण बाढी, १८ बेपत्ता, २ शव फेला

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार २५, २०७७

काठमाडौं – अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता हुनुका साथै २ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित जम्बुमा गएराति बाढीसँगै ठूलो पहिरो गएको हो ।

वाढीमा परेर १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए ।

अहिले घटनास्थलमा उद्धार टोली पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको छ ।