विश्वभरी संक्रमितको संख्या १ करोड ३६ लाख

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १, २०७७

जेनेभा– विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३६ लाखभन्दा बढी भएको छ ।

वर्ल्डोमीटरले जनाए अनुसार कोरोना संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार हजार ८ सय ३६ पुगेको हो ।

कोरोनाबाट हालसम्म ५ लाख ८८ हजार ७ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ८० लाख ३१ हजार भन्दा बढी निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख १६ हजार ७ सय ४७ पुगेको छ भने १ लाख ४० हजार १ सय ४० जनाको मृत्यु भइसकेको छ।

ब्राजिलमा १९ लाख ७० हजार ९ सय ९ संक्रमित र ७५ हजार ५ सय २३ को मृत्यु, भारतमा ९ लाख ७० हजार १ सय ७९ संक्रमित र २४ हजार ९ सय २९ को मृत्यु तथा रुसमा ७ लाख ४६ हजार ३ सय ६९ संक्रमित र ११ हजार ७ सय ७० को मृत्यु भइसकेको छ।

 

नेपालमा भने हिजो बुधवारसम्ममा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना स‌ंक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसका कारण ३९ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ७ जनाको कोरोना भाइरसबाट संक्रमित भएको पनि मन्त्रालयले जनाएको छ ।  ११ हजार २५ जना हालसम्म कोरोना संक्रमणबाट मुक्त भएका छन् । काठमाडौंमा नीजि प्रयोगशालामा परीक्षण गर्ने चाप बढेको समेत मन्त्रालयले जनाएको छ । शिक्षण अस्पताल, पाटन अस्पताल तथा वीर अस्पतालबाहेक स्टार अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा थप गरिएको थियो । यसबाहेक चार वटा ल्याब थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।