नेपालमा कोरोनाका २१० जना नयाँ सङ्क्रमितको पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन १४, २०७७

काठमाडौं-  नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हाल नेपालमा कोभिड –१९ का पाँच हजार ३६० जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयले हालसम्म नेपालमा कोरोनाभाइरसबाट १९ हजार २७३ जना सङ्क्रमित भएको जनाएको छ ।