कुवेतले लगायो नेपालीमाथि प्रतिबन्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७

काठमाडौं– कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई अगस्ट १ देखि पुनः सुरु गर्ने निर्णय लिएको छ ।

बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमती दिएको बीबीसीले जनाएको छ ।