२४ घण्टामा थपिए १ हजार ३९ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।

संस्थागत आइसोलेसनमा सातहजार ७३१ र होम आइसोलेसनमा सातहजार २८७ रहेका छन् ।

सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् ।

क्वारेन्टिनमा छ हजार ५३६ रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा नौजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा ५ सय ९७ नयाँ संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा काठमाडौं मा ४ सय ८३, भक्तपुरमा ८१ तथा ललितपुरमा जनामा संक्रमण पुष्टि भएको हो ।