सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ ३१, २०७७

काठमाडौं– बुधवार बिहान करिव ५:१९ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ठ्रलो भूकम्प गएको छ ।

भूकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु बनाएर ६ रिक्टरस्केलको गएको हो ।

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो ।

एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा बुृधबारको भूकम्पले थप त्रास बढेको छ।

यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले अहिलेसम्म भूक्म्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको बताए ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तीन पटकसम्म भूकम्पले हल्लाएको बताएका छन् ।

अहिले सिन्धुपाल्चोकमा त्रास फैलिएपनि क्षतिको विवरण आइनसकेको बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ ।

राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।