नेपालमा कुल ५९ हजार ५७३ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् ।

पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा कुल १६ हजार २४१ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।