नेपालमा थप दुई हजार २० सहित ६१ हजार ५९३ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज २, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ ।