नेपालमा ५० हजार बढी कोरोना संक्रमण मुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज ८, २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताउनुभएकाे हाे ।

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

कुल ५० हजार ४११ जना निको भएका छन् ।

कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेकाे छ ।

हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ ।

आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ ।

क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।

पछिल्लो चौबीस घण्टामा १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।