थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७

काठमाडौं- नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो ।

योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यससँगै निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ ।

कोरोना संक्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ ।

क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४७७ पुगेकाे छ ।

भेन्टिलेटरमा रहेर ३३ जनाकाे उपचार भइरहेकाे छ ।

यस्तै, २२५ जनाआइसियूमा रहेर उपचार गराइरहनुभएकाे छ ।