विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या दश लाख बढी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज १२, २०७७

जेनेभा– कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख दुई हजार १ सय ५८ जनाको निधन भैसकेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन हजार ८ सय ७३ जनाको निधन भएको हो ।

विश्वमा संक्रमितको संख्या तीन करोड ३२ लाख ९८ हजार ९ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४६ लाख २९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६५ हजार ४७९ छ ।

त्यसमध्ये ६५ हजार ३६७ जना गम्भीर अवस्थामा छन् ।

अमेरिकामा संक्रमितको संख्या ७३ लाख २० हजार ६६९ पुगेको छ भने भारतमा ६० लाख ७३ हजार ३४८ पुगेको छ ।