नेपालमा थपिए एक हजार ३५१ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज १२, २०७७

काठमाडौँ – नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको बताइएकाे हो ।

थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ ।

चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४० पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।