एक हजार ५१३ मा सङ्क्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज १३, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हालसम्म दश लाख नौ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ७३१ ज्ना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।