वैरागी मुख्य सचिव, खतिवडा र रेग्मी अमेरिका र बेलायतको राजदूतमा सिफारिस

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७

काठमाडौं– आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ ।

डा.खतिवडा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको रुपमा कार्यरत छन् ।

खतिवडाले गत भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

आज बसेको मन्त्रिपरिषदले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको बताइनछ ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नु पर्नेछ ।

यसैगरी मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।