नेपालमा थपिए कोरोना भाइरसका एक हजार ९११ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७

काठमाडौं– नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ ।

हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।