नेपालमा संक्रमितको कुल संख्या एक लाख १५ हजार ३५८

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २७, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका तीन हजार ५ सय ५६ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा सङ्क्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल सक्रिय संक्रमितको संख्या भने ३५ हजार ९१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

ती मध्ये काठमाडौं जिल्लामा १७ सय ४६ जना, भक्तपुर जिल्लामा १ सय ६७ जना तथा ललितपुर जिल्लामा २ सय १६ जना छन् ।

पछिल्लो २४ घण्टामा देश भरीबाट १ हजार ५ सय ३ जना संक्रमणमक्त भएका छन् ।

यो सहित हालसम्म हालसम्म संक्रमण्मुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

मंगलबार मात्र थप १८ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।