थपिए कोरोनाका २ हजार ६३८ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज २८, २०७७

काठमाडौं- बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए ।

यस दिन कोरोनाबाट २ हजार १७४ निको भएका छन् ।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

बुधबार मात्र थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बुधबार १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको हो ।