नेपालमा थपिए ३ हजार ७४९ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज २९, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका ३ हजार ७४९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २१ हजार ७४५ सङ्क्रमित जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ५६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ८४ हजार ५१८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।