कोरोना भाइरसका ३ हजार १ सय ६७ जना सङ्क्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, कार्तिक १, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३ हजार १ सय ६७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ ।

हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।