नेपालमा कुल सङ्क्रमित एक लाख ३२ हजार २४६

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, कार्तिक २, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

उक्त संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३२ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।