२४ घण्टामा थपिए दुई हजार ३६४ जना संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६४ हजार ७१८ पुगेको छ ।

हाल ३८ ह्जार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

हालसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।