नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धि विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म एक लाख ९१ हजार दुई जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दर्ता गरेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।