नेपालमा चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ११, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार ६१४ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६१४ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

हाल १६ हजार ७९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

हालसम्म १७ लाख जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४३७ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल ६८० जना क्वारेन्टिनमा रहेको जनाएको छ ।