थप एक हजार ७०३ मा कोरोना पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं– नेपालमा थप एक हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ६७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार २३६ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर १७ हजार २३७ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौं उत्यकामा थप ८२२ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १२४ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौंका ५९९, ललितपुरका १६० तथा भक्तपुरका ६३ रहेका छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौंमा ८६ हजार ३०१, ललितपुरमा १२ हजार ९६४ तथा भक्तपुरका सात हजार ७८९ सङ्क्रमित भएका छन् ।

तिमध्ये काठमाडौंमा ७८ हजार १६२, ललितपुरमा ११ हजार ३१५ तथा भक्तपुरमा सात हजार ९२ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा ३४२, ललितपुरमा १०३ तथा भक्तपुरमा ८९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा १० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरका सात तथा काठमाडौँका तीन रहेका मन्त्रालयलले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ४३५ पुगेको छ ।