महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा कार्यभार ग्रहण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नु भएको छ ।
वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यकारी सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छाले महासङ्घको १९औँ अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप उहाँले अध्यक्षता ग्रहण गर्नुभएको हो ।
आइतबार बिहान सार्वजनिक भएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले करिब ५५ प्रतिशत र प्रतिद्वन्द्वी किशोर प्रधानले करिब ४५ प्रतिशत मत पाउनुभएको थियो ।
निर्वाचनका क्रममा समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका भए पनि परिणाम भने मिश्रित आएको छ ।
वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी हुँदा उहाँको प्यानलबाट एसोसिएट उपाध्यक्ष सङ्घई मात्र विजयी हुनुभयो भने वस्तुगत र उद्योग वाणिज्य समूहबाट प्रधान विजयी हुनुभयो ।
कार्यकारी सदस्यमा पनि दुवै प्यानलबाट मिश्रित रूपमा विजयी हुनुभएको छ ।
जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाउनुभयो ।
दुवै किशोरकुमार प्रधान समूहबाट चुनावीमा उत्रनुभएको थियो ।
दिनेश श्रेष्ठ महासङ्घमा वस्तुगतबाट उपाध्यक्ष भइसक्नुभएको छ ।
वस्तुगत समूह उपाध्यक्ष अञ्जन श्रेष्ठ ६१ मत र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाउनुभयो ।
उमेशलाल वर्तमान कार्यसमितिमा वस्तुगततर्फ उपाध्यक्ष नै हुनुहुन्थ्यो भने अञ्जन वस्तुगत समूह सदस्य हुनुहुन्थ्यो ।
एसोसिएट उपाध्यक्ष बन्नुभएका सङ्घईले ४५५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत ल्याउनुभएको थियो ।
उहाँहरूले महासङ्घको निर्वाचनका क्रममा समूह बनाएर गएको भए पनि अबका दिनमा त्यसको कुनै प्रभाव नदेखिने गरी एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अध्यक्ष बन्नुभएका गोल्छाले प्रधान समूहलाई खुलेर समर्थन गर्दै आउनुभएको थियो तर वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभयो ।
ढकालले समूहका कुरा निर्वाचनकै दिनबाट अन्त्य भएको र त्यसको कुनै असर नरहने प्रतिक्रिया दिनुभयो ।
गोल्छा हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो-‘अब प्यानलको कुनै पनि प्रभाव
भोलिका दिनमा रहँदैन ।’
शपथ समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले महासङ्घको ५० वर्षे इतिहासमा महिला अध्यक्ष हुने इतिहास लेख्न पाएकामा गर्व गर्नुभयो ।
उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको श्रेय सामूहिक भाव र सबै पदाधिकारीको सहयोग रहेको बताउनुभयो ।
नवनियुक्त अध्यक्ष शेखर गोल्छाले महासङ्घलाई मन्दिरका रूपमा व्याख्या गर्दै यसको जिम्मेवारी र भूमिका प्रभावकारी बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
महासङ्घलाई गुट–उपगुटजस्ता राजनीतिबाट मुक्त गरेर व्यावसायिक तथा संस्थागत प्रतिष्ठा विस्तारमा लाग्ने उहाँले बताउनुभयो ।

काठमाडौं – नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

सिड्नी– अस्ट्रेलियाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई आफ्नो...

टेक्सस– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

काठमाडौं – नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान...

काठमाडौं– करिव छ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेकी २४ वर्षीया अंशिका...

बेलायतमा आम मानिसमा कोभिड खोप लगाउन सुरु भएसंगै नेपाली चिकित्सकहरुले पनि कोभिडविरुद्धको...

पोर्चुगलको राजधानी लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले...

काभ्रे सिपाली घर भई हाल विश्वभर रक्तदानबारे अभियान सञ्चालन गर्दै आएका रक्तदाता...