सङ्क्रमणबाट एक हजार ५०८ जनाको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १५, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका एक हजार ४७४ जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४७४ जना सङ्क्रमित थपिएकाे पुष्टि भएको उल्लेख गरेको छ ।

हाल १७ हजार ४२३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ९३१ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख १४ हजार ५२१ जना सङ्क्रमित निको भइसकेका छन् ।

नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९१.५ प्रतिशतमा उक्लेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल ५३५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।