काठमाडौंका संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ ।
तर, यसमा सहभागतिा भने न्यून देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौँ महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।
ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौँको विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए ।
एउटा वडाबाट कम्तिमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको देखिएको छ ।
संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई फोन गरेर बोलाउँदा पनि नआएको काठमाडौँ–४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।
पोजिटिभ देखिए १४ दिन आइसोलेसनमा बस्नुपर्ने डरले परीक्षण गर्न नआएको हुन सक्ने उनको भनाइ छ ।
तीन वडामा गरिएको एन्टिजेन परीक्षणको नतिजाअनुसार काठमाडौँमा कोरोना संक्रमित हुने दर ५.९७ प्रतिशत देखिएको छ ।
बुधबार काठमाडौँकै बानेश्वर, महाराजगञ्ज, पुरानो बानेश्वर, शंखमूल, कलंकी, बालाजु, असन, कोटेश्वर क्षेत्रमा परीक्षण गरिने बताइएको आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...