प्रतिनिधि सभा विघटन : अन्तिम सुुनुवाइ सुरु हुँदै

काठमाडौँ- प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आज बुधबारदेखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ ।
पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ ।
बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् ।
अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो ।
साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो ।
यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो । आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ ।
यस्तै इजलासले नेपाल बार एसोसिएसनबाट तीन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्न आदेश पनि गरेको थियो ।
आदेशअनुसार नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ ।
यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता सङ्गौलालाई एमिकसमा सिफारिस गरेको छ ।

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । ...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

अध्ययन, रोजगार र सुखद भविष्य खोज्दै अहिले ग्लोबभरि छरिएका नेपालीहरू को इतिहास...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

देश लामो समय पछाडि राजनीतिक स्थिरतातिर उन्मुख हुँदै थियो । लोडसेडिङ्गको समस्या...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...