नेपालमा थपिए ४ सय ९ जना संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २२, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरसका ४ सय ९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ हजार १९३ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

हाल पाँच हजार १३३ जनामा भाइरसको संक्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ४९५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म दुई लाख ५६ हजार १६१ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९९ पुगेको छ ।

हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार १३३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।